हजार्डले यो सिजन रियल मड्रिड नछाड्ने

एजेन्सी, रियल मड्रिडका बेल्जियन खेलाडी इडेन हजार्डले यो ट्रान्सफर सिजन रियल नछाड्ने क्लबका अर्का बेल्जियन खेलाडी कोर्टुवाले बताएका छन्। कोर्टुवा पनि हजार्डका पुर्व क्लब चेल्सीबाटै रियल मड्रिडमा अनुबन्धित भएका थिए।

हजार्ड २०१९ मा करिब १०० मिलियन पाउन्डमा चेल्सीबाट रियल मड्रिडमा अनुबन्धित भएका थिए। रियल मड्रिडको जर्सी लगाए देखि भने उनी बारम्बार घाइते भइ पर्याप्त खेल खेलेका छैनन् र आशा अनुरुप प्रदर्शन पनि गर्न सकेका छैनन्। यसै कारण यस ट्रान्सफर सिजन रियलले उनलाई बेच्न सक्ने आंकलन गरिएको थियो।
रियल मड्रिडका नवनियुक्त प्रशिक्षक कर्लो एनसेलोटीले पनि हजार्ड उनीसँग आफ्नो पूर्ण क्षमतामा पुग्ने छन् भनी अभिव्यक्ति दिएका थिए। यसले हजार्डले यो ट्रान्सफर सिजन रियल छाड्न सक्ने सम्भावना झन् न्यून रहेको आंकलन गर्न सकिन्छ।