हजार्डको म्याड्रिडको लागि गोल भन्दा बदि घाइते

एजेन्सी, स्पेनिस क्लब रियल मड्रिडका विंगर इडेन हाजार्डले चोट बोकेका छन् ।

रियलले बुधबार हाजार्डले चोट बोकेको जनाएको छ ।

बेल्जियमका विंगर हाजार्डको देब्रे खुट्टाको फिलाको मांसपेशीमा समस्या देखिएको रियलले जनाएको छ ।

चोट बोकेसँगै हाजार्ड करिब ६ हप्तासम्म मैदान बाहिर रहन सक्ने बताईएको छ ।

हाजार्डले ला लिगा अन्तर्गत शनिबार हुने हुएस्का र मंगलबार हुने गेटाफेविरुद्धको खेल गुमाउने छन् ।

यस्तै उनले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्ध फेब्रुअरी २४ मा हुने खेल समेत गुमाउने छन् ।

चेल्सीबाट रियल आएका हाजार्ड पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् ।

रियल आएपछि ३० वर्षीय हाजार्डले अधिकांस समय मैदान बाहिर बिताईरहेका छन् ।

रियलले ला लिगाको उपाधि जित्दा हाजार्डले गत सिजन १६ खेलमा १ गोल गरेका थिए ।