हजार्डको ठाउँ अरु खेलाडीले लिन सक्दैन- लाम्पार्ड

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले इडेन हजार्डको ठाउँ अरु कसैले लिन नसक्ने बताएका छन्। हजार्ड यो सिजन चेल्सीबाट स्पेनिस क्लब रियाल मड्रिडमा आबद्ध भएका छन्।

प्रशिक्षक लाम्पार्डले भने,“म चेल्सीको समर्थकको रुपमा इडेन हजार्डको समर्थक हुँ, मैले उनीसँग पनि खेलेको छु।हजार्ड मेरो लागि उत्कृष्ट खेलाडी हो।”

उनले व्यक्तिगत रुपमा हजार्डको स्थान अरु कसैले लिन नसक्ने बताएका छन्। “व्यक्तिगत रुपमा कसैले हजार्डको स्थान लिन सक्दैन, मलाई लाग्छ यो असम्भव हो किनभने उनले निकै उत्कृष्ट खेलाडीको रुपमा ख्याति कमाएका छन्।”

सन् २०१२ मा चेल्सीमा आएका इडेन हजार्ड ७ वर्षपछि स्पेनिस क्लब रियालमा १०० मिलियन युरोमा अनुबन्धित भएका हुन् । हजार्डले चेल्सीलाई २ प्रिमियर लिग तथा २ युरोपको लिग जिताएका थिए ।