हङ्गरी माथी पोर्चुगलको शानदार जित

एजेन्सी, २०२० अन्तर्गत ग्रुप एफको खेलमा हङ्गरी माथी पोर्चुगलले शानदार जित निकालेको छ। नेपाली समय अनुसार जुन १५ मंगलबार साँझ ६:४५ भएको उक्त खेलमा पोर्चुगलले हङ्गरी माथी ३-० को जित निकालेको हो।

पहिलो हाफमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने केही सुनौलो मौका पाएता पनि त्यसलाई गोलमा भने परिण्त गर्न नसक्दा पहिलो हाफ गोल रहितको बराबरीमा टुंगिएको थियो।
दोश्रो हाफको सुरुवाती समयमा दुवै पक्षले गोल गर्ने केही मौका पाएता पनि दुवै पक्षका गोलकिपरहरुको उत्कृष्ट प्रदर्सनले खेलमा कुनै गोल हुन दिएन। खेलको ८४ औ मिनेटमा भने पोर्चुगलका डिफेन्डर राफायल गुरेरोले गोल गरि पोर्चुगलका लागि गोलको खाता खोलेका थिए।
खेलको ८७ औ मिनेटमा पोर्चुगलले पेनाल्टी पाएको थियो जसलाई रोनाल्डोले गोलमा परिवर्तन गरे। खेलको ९० औ मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले पुनः गोल गरि पोर्चुगलको जित सुनिश्चित गरे।
पोर्चुगलले अर्को खेल जर्मनी विरुद्ध नेपाली समय अनुसार जुन १९ शनिबार राती ९:४५ मा खेल्दै छ भने हङ्गरीले अर्को खेल फ्रान्स विरुद्ध नेपाली समय अनुसार जुन १९ शनिबार साँझ ६:४५ मा खेल्दै छ।