हङकङ एशिया कपका लागि छनोट

हङकङ एशिया कपका लागि छनोट भएको छ । छनोट प्रतियोगिताको फाइनलमा बिहीबार युएईलाई पराजित गरी हङकङले एशिया कपमा स्थान बनाएको हो ।

युएईमा आगामी सेप्टेम्बर १५ देखि २८ सम्म हुने प्रतियोगितामा हङकङले भारत र पाकिस्तान रहेको समूह एबाट खेल्नेछ ।
एशिया कपमा एशियाका पाँच टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनोट भएका थिए भने हङकङले छनोट चरण पार गरेको हो ।

बिहीबार भएको फाइनलमा युएई आफ्नै मुलुकमा हुने एशिया कपमा स्थान बनाउन असफल रह्यो । उसले हङकङसँग डकवर्थ लेविस नियमका आधारमा २ विकेटको पराजय ब्यहोरेको हो ।
प्रतियोगितामा दुई जीत र तीन हार ब्यहोरेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । नेपाली टोली शुक्रबार स्वदेश फर्कँदैछ ।

किनरारा ओभलमा भएको फाइनलमा २४ ओभरमा घटाइएको खेलमा हङकङले युएईले दिएको १७९ रनको लक्ष्य ३ बल अगावै ८ विकेट गुमाएर पुरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो ।