स्विडेनलाई हराउँदै नेदरल्याण्ड पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा

नेदरल्याण्ड फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नेदरल्याण्डले अतिरिक्त समयमा स्वीडेनलाई १/० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो।

नेदरल्याण्डको जितमा अतिरिक्त समयमा ज्याकी ग्रोइनेनले निर्णायक गोल गरेकी थिईन्। उनले ९९औ मिनेटमा गोल गरेकी हुन्।

पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको नेदरल्याण्डले उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

अमेरिकाले इङ्ल्यान्डलाई २/१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल आइतबार हुनेछ ।