स्वारेज सँग जर्सी साटे पछि घानाका स्टार खेलाडीको आलोचना

उरुग्वेसँग घाना २-० ले पराजित भएपछि घानाका स्टार मिडफिल्डर थोमस पार्टीले उरुग्वेका स्टार स्वारेज सँग जर्सी साटे पछि थोमस पार्टीको धेरै आलोचना हुँदै गरेको छ।

२०२२ फिफा विश्वकपमा घानाले १२ वर्ष पछि उरुग्वे विरुद्ध खेलेको थियो। २०१०को विश्वकपमा दुई बिचको खेल निकै विवादास्पद बनेको थियो। विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने घाना सँग राम्रो अवसर थियो तर उरुग्वेका स्टार स्वारेजले घानाको गोल हातले विफल गरे पछि घानाले खेल हारेको थियो भने उक्त खेल पछि घाना र स्वारेज बिच अहिले सम्म तीतोपन रहेको छ।

१२ वर्ष पछि बदला लिने मौका पाएको घानाले यो विश्व कपमा पनि उरुग्वेलाई पराजित गर्न असफल रहेको थियो। २-०ले सो खेल घानाले हारेको थियो र अन्त्य भए पछि घानाका स्टार मिडफिल्डर थोमस पार्टीले उरुग्वेका स्टार स्वारेज सँग जर्सी साटेका थिए र सो कुराबाट घानाका फ्यानहरू भने असन्तुष्ट रहेका छन्।

 

घाना र स्वारेज बिच अहिले सम्म तीतोपन रहेको बेला थोमस पार्टीले स्वारेज सँग जर्सी साटेको भन्दै घानामा थोमस पार्टीको धेरै आलोचना हुँदै गरेको छ।

उक्त खेलमा उरुग्वेका जियोर्जियन डे अर्रास्केटाले दुई गोल गरेका थिए जसको मद्दतमा उरुग्वेले घानालाई पराजित गरेको थियो तर पोर्चुगल विरुद्ध जित निकाल्दै दक्षिण कोरिया अर्को चरणमा पुगेको छ। कोरिया र उरुग्वे दुवै सँग ४ अंक छ तर गोल भिन्नतामा कोरियाले ग्रुपको दोस्रो स्थान पाएको हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ