स्वारेज यी क्लबहरुबाट खेल्न नपाउने – यस्तो छ कारण

आउँदो गर्मीको विन्डोमा लुइस स्वारेज म्यानचेस्टर युनाइटेडमा जाने सम्भावना छैन, कारण- उनि बार्सिलोनामा आउने क्रममा लिभरपूलले उनको सम्झौतामा एक क्लज राखेको थियो जसले उनलाई लिभरपूलको चिर प्रतिद्वन्द्वी युनाइटेडमा जानबाट रोक्ने छ।

सिजन सुरु हुनुभन्दा अघि स्वारेजले बार्सा छोड्ने प्रयास गरे र अन्ततः उनि एटलेटिको म्याड्रिड गए । म्यान्चेस्टर युनाइटेडको पनि उनि माथि चासो रहेको खबरहरु थियो तर लिभरपूलले उनको बार्सिलोना सम्झौतामा म्यानचेस्टर युनाइटेड क्लज राखेको खुलेको थियो जसको कारण उनि लिभरपूलको चिर प्रतिद्वन्द्वी युनाइटेड र सिटी जस्तो क्लबमा खेल्न पाउने छैनन्।

सो क्लजले स्वारेजलाई युनाइटेडमा नि: शुल्क जानबाट रोकेको थियो, क्याटालान क्लब संग सम्झौता समाप्त भएपछि पनि उनि युनाइटेडमा जान नपाउने क्लज रहेको थियो। बार्सिलोनाले पछि फेरी उनले थप क्लबहरुमा खेल्न नपाउने क्लज समावेश गरे।

उनि जान निषेधित रहेको अन्य क्लबहरुको सूचीमा समावेश रहेका टिमहरु: म्यानचेस्टर सिटी, पेरिस सेन्ट-जर्मेन, र, पक्कै पनि, रियल म्याड्रिड।