“स्वारेज पछि मेस्सीको लागि पनि एटलेटिको म्याड्रिडको ढोका खुला छ”

बार्साले लुइस स्वारेज जस्तो स्टारलाई आफ्नो प्रतिद्वन्द्वी क्लब एटलेटिको म्याड्रिडमा जान दिएको बारे एटलेटिकोका स्टार एन्जेल कोर्रियाले बार्साको व्यङ्ग्य गरे।

मेस्सीको लागि पनि एटलेटिको म्याड्रिडको ढोका खुल्ला रहेको भनेर उनले मजाक गरे।

एन्जेल कोर्रियाले भने:- “म बुझ्दिन कि बार्सिलोनाले कसरी स्वारेज जस्तो उत्कृष्ट खेलाडीलाई जान दिए, उनी अविश्वसनीय खेलाडी हुन् र हामी उहाँलाई पाउँदा धेरै खुसी छौँ।

“एटलेटिको म्याड्रिडका ढोका मेस्सीका लागि पनि खुला छ। मलाई आशा छ कि क्लबमा चीजहरू यस्तै मिठो रहनेछन् किनकि हामी यस सिजन खुसीको साथ अन्त गर्न चाहन्छौँ।”

मेसीको बार्सासँगको सम्झौता जूनमा समाप्त हुनेछ।