स्वारेज आर्सनलमा अनुबन्ध हुन इच्छुक रहेको खुलासा

एजेन्सी, हाल अट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेज लिभरपुलमा हुँदा उनी आर्सनलमा अनुबन्ध हुन खोजेको खुलेको छ। रिपोर्टका अनुसार टप युरोपियन प्रतियोगितामा खेल्नका निम्ति उनी आर्सनलमा अनुबन्ध हुन चाहन्थे। 

३४ वर्षका युरुग्वेयन स्ट्राइकर स्वारेज २०११ मा लिभरपुलमा अनुबन्ध भएका थिए। उनले लगभग तीन वर्ष लिभरपुलमा बिताए। लिभरपुलबाट उनी बार्सिलोनामा अनुबन्ध भएका थिए।