स्पेनिस स्टार डिफेन्डर रियल म्याड्रिडमा रामोसको प्रतिस्थापन हुन सक्ने

रियाल म्याड्रिडले निगरानी नयाँ डिफेन्डरहरूमा राख्दै गरेको छ रियल आफ्नो कप्तान सर्जियो रामोसको सम्भावित प्रतिस्थापनको रूपमा साइन गर्न खेलाडीहरूको खोजीमा छ।

रियल र रामोस बिचको सम्झौता सिजनको अन्त्यमा समाप्त हुने छ र दुई बिच सम्झौता विस्तारको कुरा सफल हुन सकेको छैन। रियल अहिले देखिनै आफ्नो स्टार कप्तानविनाको जीवनको योजना बनाउन बाध्य छ र उनको प्रतिस्थापनहरूको सूची बनाउन रियल सक्रिय छन्।

खबर अनुसार रियलको नजर हाल भिल्लारियलका स्टार डिफेन्डर पाउ टोरेसमा रहेको छ। स्पेनिस सेन्टर-ब्याकको खेल ला लिगामा निकै राम्रो रहेको छ भने उनी क्लबमा रामोसको प्रतिस्थापन हुन सक्ने रियल म्याड्रिडको विश्वास छ।

उनको लागि भिल्लारियलले €६५ मिलियन मग्न सक्ने सक्ने कुरा छ र उनलाई साइन गर्ने प्रतिस्पर्धा हुन सक्ने छ। खबर अनुसार स्पेनिस स्टार डिफेन्डरमा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडको पनि नजर रहेको छ।

२४ वर्षका डिफेन्डरको प्रदर्शन राम्रो रहेको छ भने उनलाई साइन गर्न रियल म्याड्रिडले युनाइटेड सँग प्रतिस्पर्धा गर्न पर्ने देखा परेको छ।