म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्ट्राइकर एन्टोनी मार्सियाल स्पेनिस क्लब सेभिया जान धेरै नजिक रहेको छ ।
मार्सियालले केहि हप्ता अगाडि म्यान्चेस्टर युनाइटेड छाड्न चाहना भएको प्रशिक्षक राल्फले बताएका थिए ।
सेभियाले लोनको प्रस्ताव केही दिन अगाडि नै राखेको थियो र युनाइटेडले स्वीकार गरिहालेको थिएन । मार्सियालले भने उक्त प्रस्ताव स्वीकारेका छन् ।
Pedro Almeida: Anthony Martial has agreed to join #SevillaFC on a six-month loan. The deal is in the final stage and Martial is happy to leave #MUFC, given that he's got less opportunity due to the arrival of #Ronaldo and Sancho this season.#Sevilla #ManchesterUnited #ManUtd pic.twitter.com/SyfCCFArPe
— Nowgoal Livescore (@NowgoalScore) January 10, 2022
ताजा रिपोर्ट्सका अनुसार म्यान्चेस्टर युनाइटेडले पनि सेभियाको प्रस्ताव स्वीकारेको बताएका छन् । युनाइटेडमा मौका नपाएपछि मार्सियालले क्लब छाड्ने इच्छा व्यक्त गरेका हुन् ।
उनले यस सिजन युनाइटेडका लागि सबै प्रतियोगिताहरुमा मात्र १० खेल खेलेका छन् ।
सेभिया ला लिगाको दोस्रो स्थानमा रहेको छ र मार्सियाल भित्र्याउन सके क्लबको अग्रपंक्तिमा निकै सुधार आउनेछ ।