स्पेनिश मिड्फिल्डर भित्र्याउने दौडबाट युनाइटेड बाहिर

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडका स्पेनिश मिड्फिल्डर सल निगेज भित्र्याउने दौडबाट इङलिस क्लब म्यान्चेस्टर युनाइटेड बाहिरिएका छन्। निगेज भित्र्याउने दौडमा युनाइटेडका साथसाथै अर्का इङलिस क्लब चेल्सी रहेको भनिएको थियो।

रिपोर्टका अनुसार निगेजका लागि चेल्सीले स्थायी रुपमा अनुबन्ध हुने विकल्प सहितको लोनको प्रस्ताव गरिसकेका छन्। यसै कारणले हाल निगेज चेल्सीमा अनुबन्ध हुने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार यस ट्रान्सफर सिजन म्यान्चेस्टर युनाइटेडका पर्याप्त खेलाडीहरु बिक्री नभएको कारणले युनाइटेड उक्त दौडबाट बाहिरिएको भनिएको छ।
२६ वर्षका स्पेनिश मिड्फिल्डर निगेज अट्लेटिको मड्रिडको एकेडेमीका उत्पादन हुन्। उनले अट्लेटिको मड्रिडका लागि ३३९ खेल खेलेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १९ खेल खेलेका छन्।