स्पेनिश मिड्फिल्डर भित्र्याउने दौडमा चेल्सी र म्यान्चेस्टर युनाइटेड

एजेन्सी, स्पेनिश क्लब अट्लेटिको मड्रिडका स्पेनिश मिड्फिल्डर सल निगेज भित्र्याउने दौडमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेड र चेल्सी देखिएका छन्। रिपोर्टका अनुसार निगेजका लागि चेल्सीले प्रस्ताव गरिसकेका छन् भने  म्यान्चेस्टर युनाइटेडले पनि निगेज माथी चासो राखेका छन्।

रिपोर्टका अनुसार निगेजका लागि चेल्सीले स्थायी रुपमा अनुबन्ध हुने विकल्प सहितको लोनको प्रस्ताव राखेका हुन्। म्यान्चेस्टर युनाइटेडको नजर पनि निगेज माथी रहेको भनिएको छ। रिपोर्टका अनुसार युवा फ्रेन्च मिड्फिल्डर एडवार्डो कामाविङाका साथसाथै निगेज पनि युनाइटेडको सुचीमा छन्।
२६ वर्षका स्पेनिश मिड्फिल्डर निगेज अट्लेटिको मड्रिडको एकेडेमीका उत्पादन हुन्। उनले अट्लेटिको मड्रिडका लागि ३३९ खेल खेलेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १९ खेल खेलेका छन्।