स्पेनिश डिफेन्डरका लागि प्रस्ताव गर्ने म्यान्चेस्टर युनाइटेडको तैयारी

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेड भिलारियालका स्पेनिश युवा डिफेन्डर पाउ टोरेस भित्र्याउन प्रस्ताव गर्ने तैयारीमा छ। रिपोर्टका अनुसार युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सर टोरेसलाई युनाइटेडमा भित्र्याउन इच्छुक छन्।

२४ वर्षका स्पेनिश डिफेन्डर टोरेसको मूल्य करिब ४३ मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडका साथसाथै रियल मड्रिड पनि टोरेस भित्र्याउन इच्छुक छन्। भिलारियालले युरोपा लिग फाइनलमा म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै युरोपा लिगको उपाधी जित्दा उनले भिलारियालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनी भिलारियालको एकेडमीका उत्पादन हुन्। उनले भिलारियालका लागि ८८ खेल खेल्नुका साथै ५ गोल पनि गर्न सफल भएका छन्। उनी हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिसँग आबद्ध छन्।