स्पेनमा टिम अभ्यास गर्न अनुमति

स्पेनी ला लिगाले सोमबार क्लबलाई टिम अभ्यास गर्न पाउने छुट दिएको छ । अर्को महिनादेखि फेरि लिग सुरु गर्ने तर्खरमा रहेको स्पेनमा अब एकपल्टमा १० खेलाडीले समूहगत अभ्यास गर्न पाउनेछन् ।

कोरोना भाइरस महामारीबीच स्पेन फेरि सामान्य स्थानमा फर्कने तयारीमा छ । यसका लागि सरकारले निश्चित नियम भने बनाएको छ ।

कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित सहरका क्लब रियल र एटलेटिको म्याड्रिड तथा बार्सिलोनाले १० खेलाडी सम्मिलित प्रशिक्षण कार्यक्रम सुरु गर्न सक्नेछन् ।

ला लिगाले जुन १२ बाट फेरि फुटबल सुरु गर्ने योजना बनाएको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ