स्पेनमा खेलाडीहरु अभ्यास सुरु गर्ने तयारी गर्दै

ला लिगासहित स्पेनका व्यवसायिक खेलाडीले मे ४ बाट आधारभूत अभ्यास सुरु गर्न सक्ने भएका छन् । स्पेनी सरकारले मंगलबार यसबारे घोषणा गरेको हो ।

कोरोना भाइरस संक्रमण महामारीका कारण मार्च १२ देखि स्पेनको माथिल्लो डिभिजनको फुटबल हुन सकेका छैनन् । प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउन हटाउने क्रमका पहिलो चरणको कार्यक्रमका रूपमा खेलाडीलाई अभ्यास गर्न छुट दिइएको हो ।

स्पेनी सरकारले दुई महिना लगाएर लकडाउन खुकुलो बनाउने छ । सान्चेजले भनेका छन्, ‘पहिलो चरणमा हामी सुधारको रूपान्तरणका लागि प्रयास गर्नेछौं ।’