स्पेनको समस्या पेनाल्टी

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत स्पेन र पोल्याण्ड बिचको खेल १-१ गोलको बराबरीमा टुंगियो। मोराटाले गोल गरे पछि स्पेनले अग्रता लिएको थियो। लेवान्डोस्कीले दोश्रो हाफ सुरु भएको केही मिनेटमा गोल गर्दै खेल १-१ गोलको नतिजामा पुगेको थियो।

दोश्रो हाफमा पेनाल्टीमा गोल गर्न चुक्दा जितबाट बन्चित हुनपुग्यो। त्येसो त यो स्पेनको पहिलो पेनाल्टीमा गोल गर्न असफल भएको भने हैन। पछिल्लो ४ पेनाल्टीमा स्पेनले गोल गर्न सकेको छैन।

गत साल नोभेम्बरमा सर्जियो रामोसले नेशन्स कपमा स्विजर्ल्यान्डबिरुद्ध दुई पटक पेनाल्टीमा गोल गर्न असफल भएको थियो।

त्यस्तै अबेल रुइजले लिथुएनियाबिरुद्ध पेनाल्टीमा चुकेका थिए। स्पेनको लगातार ४ पेनाल्टीमा पहिलो पटक चुकेको हो।

 

सन २०१२ र २०१३ मा स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न असफल भएका थिए।