स्पेनको वेल्सविरुद्ध सान्दार जित

मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले वेल्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि लयमा रहेका फरवार्ड पाको अल्कासेरले दुई गोल गरे ।

वेल्सको घरेलु मैदान प्रिसिपालिटी स्टेडियममा खेलिएको खेलमा घरेलु टोलीको रक्षापंक्ति निकै कमजोर देखियो । अल्कासेरले खेलको आठौं मिनेटमै पाहुना टोलीलाई अग्रता दिलाए । त्यस्तै डिफेन्डर सर्जियो रामोसले १९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २९ औं मिनेटमा अल्कासेरले फेरी गोल गर्दै वेल्सलाई निकै कठिन स्थितिमा पारे ।

पहिकि हाफमा ३ गोल गरेको स्पेनले दोस्रो हाफको ७४ औं मिनेटमा चौथो गोल गर्न सफल भएको हो । मार्क बार्टाले गोल गर्दै स्पेनको जित निश्चित पारेका थिए । खेलको अन्तिमतिर भने वेल्सका स्याम भोक्सले वेल्सका लागि सान्तवना गोल गर्दै स्कोर ४-१ पारे ।

विश्वकपमा खराब प्रदर्शन पश्चात निकै आलोचना पाएको स्पेनिस टोलीले केहि नयां अनुहारहरुलाई मौका दिएको थियो । अर्कोतर्फ मुख्य खेलाडी ग्यारेथ बेल घाइते रहेको अवस्थामा वेल्स फितलो देखियो ।

स्पेनले मंगलबार इंग्ल्यान्डको सामना गर्ने छ । अर्को तर्फ, वेल्सले आयरल्यान्डको सामना गर्ने छ ।