स्पेनको प्रारम्भिक टोलिमा परेका पिकेले सनिबार अन्तिम खेल खेल्दै सन्यास लिने

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर तथा लेजेन्ड जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । पिकेले आफ्नो खेल जीवनको अन्तिम खेल शनिबार क्याम्प नाउमा खेल्ने बताएका छन् ।

बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ ।

स्पेनिस डिफेन्डर पिके २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए ।

पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् । जसमा ८ ला लिगा उपाधि, ३ च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन्।

स्पेनका लागि १०२ क्याप जितेर पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।