स्पेनका प्रशिक्षक इनरिकेद्धारा स्पेनिस टोलीबाट राजीनामा; येस्तो छ कारण

स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस इनरिके टिम सम्हालेको ११ महिनामै पदबाट राजीनामा दिएका छन् ।

स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस लुवियालेसले इनरिकेले व्यक्तिगत कारण देखाउदै प्रशिक्षक दिबाट राजीनामा दिएको पुष्टि गरेका छन् । पारिवारिक समस्याका कारण इनरिकेले गत मार्चमा भएको माल्टा र सान मारिनोविरुद्धको खेल गुमाएका थिए । यस्तै इनरिकेले यसैमहिना स्वीडेनविरुद्धको खेल समेत गुमाएका थिए । यो समयमा उनका सहायक रोबर्टो मोरिनोले प्रशिक्षण दिएका थिए ।

‘पारिवारिक समस्याका कारण मैले गत मार्च देखि नै टोलीलाई राम्रोसँग समय दिन सकिरहेको थिएन । यो समस्या झन बल्झदै गएपछि मैले प्रशिक्षक पद छाड्ने निर्णय गरेको हुँ ।’ इनरिकेले भने, ‘मलाई विश्वास गरेर राष्ट्रिय टोलीको जिम्मेवारी दिने स्पेनिस फुटबल फेडेरेसनलाई विशेष धन्यवाद दिन चहान्छु । विशेष धन्यवाद त म मेरो व्यवसायिक प्रशिक्षणमा साथ दिने सबैजनालाई व्यक्त गर्दछु ।’

स्पेनिस टोलीको जिम्मेवारी पाएसँगै रोबर्टाे मोरिनोले विश्वास गरेको जिम्मेवारी प्रदान गरेको स्पेनिस फुटबल फेडेरेसनलाई धन्यवाद व्यक्त गरेका छ । ‘यो निकै स्मरणीय दिन हो ।’ मुख्य प्रशिक्षक बन्छु भन्ने सोचेका थिए । त्यो आज पुरा भएको छ । लुइसले सुरु गरेको कामलाई थप उचाईमा पु¥याउने मेरो प्रयास हुनेछ ।’ मोरिनोले भने ।

पछिल्लो एक वर्षमा मोरिनो स्पेनको चौथो प्रशिक्षक बनेका छन् । यसअघि जुलियन लोपेटेगुई र फर्नान्डो हिरेरोले स्पेनिस राष्ट्रिय टोली सम्हालेका थिए ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक इनरिकेले सन् २०१८ को जुलाईमा दुई बर्षको सम्झौता गरेका थिए । २०१८ को विश्वकपको अन्तिम १६ बाट स्पेन बाहिरिएपछि इनरिकेले टिम हेर्ने मुख्य जिम्मेवारी पाएका थिए ।