स्पेनका स्टार डिफेनडर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३१ वर्षीय सेनटर ब्याक पिकेले स्पेनिस टोलीका लागि सन् २००९ देखि २०१८ सम्म १०२ क्याप जितेका छन् भन पाँच गोलसमेत गरेका छन् ।

उनी सन् २०१० मा स्पेले विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्णसदस्य थिए । त्यस्तै स्पेनलाई सन् २०१२ को युरो च्याम्पियन बनाउन पनि उनको योगदान महत्वपूर्ण रह्यो ।

पिकेले हालै भएको रुश विश्वकपको छनोट चरण सुरु भएदेखि नै विश्वकपपछि फुटबलबाट सन्यास लिने सोच बनाएको बताएका छन् । उनले अनावश्यक विवादको भूमरीबाट बाहिर शान्त बस्न उपयुक्त उनले धारणा राखेका छन् ।