स्ट्राइकर ड्यानी एष्टन भिल्लामा

एजेन्सी, एष्टन भिल्लाले लिभरपुलका पुर्व स्ट्राइकर ड्यानी इंग्सलाई साउथह्याप्टनबाट अनुबन्धित गरेको छ । बुधबार क्लबले इंग्सलाई अनुबन्ध गरेको पुष्टि गरेको हो ।

स्ट्राइकरले एष्टन भिल्लामा तीन बर्षको लागि सम्झौता गरेको छ । गत सिजन साउथह्याप्टनका लागि १३ गोल गरेका इंग्स भिल्लाको चौथो नया खेलाडी हुन ।

उनले लिओन बेलि, इमिलियानो बुएन्डिया र एश्ली यङ जस्ता खेलाडिहरुसंगै क्लबमा नया प्रवेश गरेको हो ।

उनले साउथह्याप्टनबाट १०० खेलमा ४६ गोल गरेका थिए ।