स्टेभेन जेरार्डको एस्टन भिल्लामाथी म्यान्चेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाईटेड एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।

सोमबार राति स्टेभेन जेरार्डको एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेले निर्णायक गोल गरे ।

खेलको आठौं मिनेटमा स्कटले निर्णायक गोल गरेका थिए ।

अब चौंथो चरणमा युनाईटेडले मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।