स्टिभ स्मिथले एसेज सिरिजको तेस्रो टेष्ट नखेल्ने

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले एसेज सिरिजको तेस्रो टेष्ट खेलमा मैदान बाहिरै रहने भएका छन्।

दोस्रो टेष्ट खेलमा घाइते हुदै मैदान छोडेका स्मिथले तेस्रो टेष्ट खेल गुमाउने भएको बीबीसीले लेखेको छ । दोस्रो टेष्ट क्रिकेटको दोस्रो पारीमा ब्याटिङ गर्ने क्रममा इंग्यान्डका जोफ्रा आर्चरले बलिङ गरेको बाउन्सर बलले लागेर स्मिथ घाइते भएका थिए।

दोस्रो टेष्ट क्रिकेट भने इंग्ल्यान्ड र अष्ट्रेलियाले बराबरीमा सकाएको थियो । पहिलो खेल भने अष्ट्रेलियाले २५१ रनले जितेको थियो । तेस्रो टेष्ट खेल अगष्ट २२ देखि सुरु हुनेछ।