स्टिभ ब्रुस न्युक्यासल युनाइटेडको मुख्य प्रशिक्षकमा नियुक्त

स्टिभ ब्रुस इंग्लिश प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। ५८ वर्षीय स्टिभलाई क्लबले तीन वर्षका लागि सम्झौता गरेका छन्। स्टिभ ब्रुस यसअघि सेफिल्डको प्रशिक्षक गरेका थिए।

न्युक्यासल क्लबले बुधबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको घोसणा गरेको थियो। क्लबका मुख्य प्रशिक्षक राफायल बेनिटेजले क्लब छाडेसँगै न्युकासलले प्रशिक्षकको खोजी गरेको थियो।