स्टार स्पेनिश डिफेन्डर साइन गर्ने म्यानचेस्टर सिटीको योजना

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी नयाँ सेन्टर ब्याक साइन गर्न इच्छुक रहेको खबर छ। नयाँ सेन्टर ब्याक साइन गर्न सिटीको योजना रहेको छ र भिल्लारियलका स्टार डिफेन्डर पाउ टोरेसमा सिटीको नजर रहेको छ।

उनको लागि भिल्लारियलले €६५ मिलियन मग्न सक्ने सक्ने कुरा छ र उनलाई साइन गर्ने सिटीले कडा प्रतिस्पर्धाको सामना गर्न पर्ने हुन सक्ने छ- खबर अनुसार स्पेनिस स्टार डिफेन्डरमा ला लिगा क्लब रियल म्याड्रिड र अन्य प्रिमियर लिग क्लबहरूको पनि नजर रहेको छ।

२४ वर्षका डिफेन्डरको प्रदर्शन राम्रो रहेको छ भने उनले क्लबको डिफेन्स अझै कडा गर्न सक्ने सिटीका कोच पेप गार्डियोलाको विश्वास रहेको छ।

उनलाई साइन गर्न सिटीले आफ्नो सेन्टर ब्याक एमेरिक लापोर्टलाई बेच्न सक्ने पनि जानकारी छ। सिजन सुरु हुन अगाडी उनको नाम म्यानचेस्टर युनाइटेड सँग पनि धेरै जोडिएको थियो भने हाल उनलाई साइन गर्न धेरै प्रतिस्पर्धा हुने छ।