स्टार स्ट्राइकर साइन गर्न £१५० मिलियन खर्च गर्न तयार पिएसजी

फ्रेन्च क्लब पिएसजी टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केनको साइन गर्न इच्छुक रहेको खबर छ।

मिररका अनुसार पिएसजीले केनलाई आउँदो गर्मीको ट्रान्सफर विन्डोमा प्राथमिक लक्ष्य बनाउने छ। उनको लागि स्पर्सले £१५० मिलियनको माग गर्ने कुरा छ जुन तिर्न पिएसजी तयार हुने खबर छ।

क्लबका नयाँ कोच मौरिसियो पोचेटिनोसँग केनको बलियो सम्बन्ध रहेको छ दुई ५ वर्ष सम्म स्पर्समा सँगै थिए। प्रिमियर लिगमा ह्यारी केनको निकै राम्रो प्रदर्शन रहेको छ र उनको गोल रेकर्ड निकै राम्रो रहेको छ।

ह्यारी केनको उत्कृष्ट प्रदर्शनको कारण अन्य धेरै क्लबको नजर उनीमा रहेको छ।

म्यान्चेस्टर युनाइटेड र सिटी पनि उनलाई भित्राउन इच्छुक रहेको चर्चा छ भने नेमार वा एम्बाप्पेले पिएसजी छोड्न सक्ने सम्भावना भएको कारण सो को तयारीमा पिएसजीले उनको लागि £१५० मिलियन खर्च गर्न तयार हुने खबर छ।