स्टार स्ट्राइकर साइन गर्ने म्यान सिटीको योजना

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोला फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिचलाई क्लबमा भित्राउन इच्छुक रहेको जानकारी छ।

सर्जियो अग्वेरोको प्रस्थान पछि सिटी नयाँ मुख्य स्ट्राइकरको खोजीमा रहेको छ र टोटेनह्यामका स्टार ह्यारी केनलाई साइन गर्न सिटीले धेरै प्रयास गरेको थियो तर हाल खबर अनुसार सिटीको नजर फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिचमा रहेको छ।

फियोरेन्टिनामा स्टार स्ट्राइकरको निकै राम्रो फम रहेको छ। २१ वर्षका स्ट्राइकर १२ गोल र १५ असिस्ट प्रधान गरेका छन् भने उनी हाल युरोपको उत्कृष्ट स्ट्राइकरहरू मध्ये एकको रुपमा स्थापित हुँदै गएका छन्।

उनी सँग फियोरेन्टिनाले सम्झौता विस्तार गर्न प्रयास गरे पनि आउँदो ट्रान्सफर विन्डोमा उनलाई बेच्न फियोरेन्टिना खुल्ला हुने रिपोर्ट छ भने उनको मूल्य मात्र £५५ मिलियन रहेको जानकारी छ।

उनलाई साइन गर्न युरोपका अन्य क्लबहरू पनि इच्छुक रहेको छ। युभेन्टस, न्यूक्यासल युनाइटेड, आर्सनल र टोटेनह्यामले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर रहेको छ।