स्टार स्ट्राइकर साइन गर्न आर्सनल इच्छुक

प्रिमियर लिग क्लब आर्सनल एभर्टनका स्टार डोमिनिक काल्भर्ट-लेविनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

खबर अनुसार आर्सनलका प्रमुख एडुआर्डो ग्यास्पारले एभर्टनका स्टार स्ट्राइकर डोमिनिक काल्भर्ट-लेविन माथि चासो देखाएका छन् र आउँदो ट्रान्सफर विन्डोमा आर्सनलले उनलाई साइन गर्न प्रयास गर्न सक्ने छ।

२४ वर्षका स्ट्राइकरको खेल गत सिजन निकै उत्कृष्ट रहेको थियो र उनी निकै राम्रो गोल स्कोरिंग फममा थिए। गत सिजन उनले एभर्टनका लागि २१ गोल गरेका थिए भने उनको उत्कृष्ट प्रदर्शनको कारण उनी युरो कपको लागि इंग्ल्याण्डको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए।

अग्लो उचाइ रहेका स्टार स्ट्राइकरको खेल शैली आर्सनलको लागि राम्रो हुने धेरैको विश्वास छ भने उनको हेडर क्षमता पनि आर्सनलको लागि लाभदायक हुन सक्ने छ।

डोमिनिक काल्भर्ट-लेविनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको धेरै चर्चा छ भने हाल खबर अनुसार उनलाई साइन गर्न आर्सनलले पूर्ण प्रयास गर्ने छ।