स्टार स्ट्राइकर साइन गर्न म्यान सिटी ट्रान्सफर रेकर्ड तोड्न तयार

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ भने सिटीको नजरमा टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन रहेको चर्चा हुँदै गर्दै उनलाई साइन गर्न सिटी ट्रान्सफर रेकर्ड तोड्न तयार हुने खबर छ।

ह्यारी केन क्लब छोड्न इच्छुक रहे पनि टोटनह्याम उनलाई क्लब छोड्न दिन अनिच्छुक देखिन्छ भने उनलाई सके सम्म क्लबमा राख्नको लागि टोटनह्यामले ह्यारी केनको लागि ठुलो ट्रान्सफर रकम माग्ने छ।

हाल द सनका अनुसार सिटी उनलाई साइन गर्न ट्रान्सफर रेकर्ड तोड्न तयार हुने छ। केन क्लब छोड्न तयार हुँदा उनलाई साइन गर्न सिटीले £१५० मिलियन स्पर्सलाई तिर्ने जानकारी छ जुन प्रिमियर लिग रेकर्ड हुने छ।

केन र स्पर्स बिच अझै सम्झौता बाँकी रहेको छ तर केन उपाधिहरू जित्न क्लब छोड्न इच्छुक छन्। टोटनह्याममा उत्कृष्ट प्रदर्शन र गोल रेकर्डहरू बाबजुद केन उपाधि विहीन रहेका छन्।

हाल उनी माथि सिटीको नजर छ भने उनलाई सिटीले प्रति हप्ता £४००,०००को तलबको प्रस्ताव गर्ने जानकारी छ।