स्टार स्ट्राइकर साइन गर्न पिएसजीले तेस्रो पटक प्रयास गर्ने

पिएसजीले लियोनका स्टार स्ट्राइकर मेम्फिस डिपेलाई साइन तेस्रो पटक प्रयास गर्ने खबर छ। जुनमा उनको लियोन सँग सम्झौता अन्त्य हुँदै छ र पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर साइन गर्ने पिएसजीले फेरी प्रयास गर्ने जानकारी छ। यो भन्दा अगाडी दुई पटक पिएसजीले उनलाई साइन गर्न प्रयास गरेको थियो।

२०१५ र २०१७मा पिएसजीले उनलाई साइन गर्न प्रयास गरे पनि असफल रहेको थियो भने हाल फेरी पिएसजीले उनलाई साइन गर्ने योजना बनाएको खुलेको छ।

डच स्टार माथि ला लिगा क्लब बार्सिलोनाको पनि नजर रहेको थियो र यो सिजन सुरु हुन अगाडी बार्सा उनलाई भित्राउन धेरै नजिक पुगे पनि त्यो ट्रान्सफर अन्तिम समयमा असफल भएको थियो।

यस गर्मीको ट्रान्सफर विन्डोमा पिएसजीले फेरी उनलाई साइन गर्न प्रयास गर्ने छ भने उनी जुलियन ड्रक्सलरको प्रतिस्थापन हुने पिएसजीको विश्वास छ।