स्टार स्ट्राइकरका एजेन्टले आर्सनलको सम्पर्क प्रयास बेवास्ता गर्दै

प्रिमियर लिग क्लब आर्सनल सिरी ए क्लब फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिक साइन गर्न इच्छुक रहेको चर्चा छ तर खबर अनुसार उक्त स्टार स्ट्राइकरका एजेन्टले आर्सनलको सम्पर्क प्रयास बेवास्ता गर्दै आएका छन्।

उत्तरी लन्डनका प्रतिद्वन्द्वी टोटेनह्यामलाई पछि पार्दै £६८ मिलियन मूल्य रहेका स्ट्राइकरलाई साइन गर्न आर्सनल धेरै इच्छुक रहेको बेला उक्त खेलाडीका एजेन्टले आर्सनललाई गाह्रो स्थितिमा राखेको छ।

आउँदो जनवरीमा स्ट्राइकरको खोजीमा हुने भनिएको आर्सनलको मुख्य लक्ष्य फियोरेन्टिनाका स्टार स्ट्राइकर डुसान भ्लाहोभिक रहेका छन् तर जियानलुका डि मार्जियोका अनुसार, सर्बियाका स्टारलाई क्लबमा सामेल हुन मनाउनको लागि आर्सनलले सम्पर्क प्रयास गरिरहेको छ तर अहिलेसम्म गनर्स असफल रहेको छ।

आर्सनलको फोन कलहरू पूर्ण रूपमा उनका एजेन्टले बेवास्ता गर्दै गरेको जानकारी छ जसको कारण आर्सेनलले वार्ताको सन्दर्भमा गम्भीर रूपमा प्रगति गर्न सकेको छैन।

डुसान भ्लाहोभिकको फियोरेन्टिना सँगको सम्झौता २०२३ सम्म रहेको छ भने भ्लाहोभिक क्लब छोड्न इच्छुक रहे पनि फियोरेन्टिनाले उनलाई रोक्न पूर्ण प्रयास गर्न सक्ने जानकारी छ र उनको लागि फियोरेन्टिनाले ८० मिलियन सम्मको माग गर्न सक्ने रिपोर्ट छ।