ला लिगा क्लब बार्सिलोना चेल्सीका स्टार लेफ्ट ब्याक मार्कोस अलोन्सोलाई साइन गर्न नजिक रहेको जानकारी छ।
बार्सा हाल नयाँ लेफ्ट ब्याकको खोजीमा रहेको छ र चेल्सीका स्पेनिस स्टार मार्कोस अलोन्सोमा बार्साको नजर रहेको छ छ भने बार्सा सँग उनको वार्ता पनि भएको जानकारी छ भने चेल्सी सँग बार्साको सम्झौता हुन नजिक रहेको रिपोर्ट छ।
Barcelona are closing on Marcos Alonso deal! Barça and Chelsea are finalising the agreement, working on the last details in order to get deal completed very soon. 🚨🔵🔴 #FCB
Been told final fee will be less than €10m. Personal terms already agreed three months ago. pic.twitter.com/e7YGDcTD8H
— Fabrizio Romano (@FabrizioRomano) August 5, 2022
अलोन्सो र चेल्सी सँगको सम्झौता २०२३ सम्म रहेको छ र दुई बिच सम्झौता विस्तार भएको छैन भने अर्को वर्ष उनलाई चेल्सीले फ्री एजेन्टको रूपमा गुमाउन सक्ने भएको कारण उनलाई बेच्न पर्ने दबाबमा चेल्सी रहेको छ भने उनको विकल्पको रूपमा चेल्सीले ब्राइटनबाट कुकुरेलालाई साइन गरेको छ।
उनको लागि बार्साले €१० मिलियन भन्दा कमको ट्रान्सफर सुल्क तिर्ने जानकारी छ भने बार्सा र अलोन्सो बिच व्यक्तिगत सर्तहरूमा सहमति भएको र चेल्सीको अनुमतिमा हाल बार्सा प्रतीक्षा गर्दै गरेको फाब्रिजियो रोमानोले जनाएका छन्।
मार्कोस अलोन्सो २०१६मा फियोरेन्टिनाबाट चेल्सीमा आएका थिए भने उनी चेल्सीकोइ लागि एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्।
Barcelona are really close to signing Marcos Alonso! Talks are progressing well with Chelsea after Cucurella deal completed, personal terms agreed months ago. Been told it’s now really close. 🚨🔵🔴 #FCB
Parties waiting for Tuchel’s green light but now finally confident. pic.twitter.com/wsBV6aYTu7
— Fabrizio Romano (@FabrizioRomano) August 5, 2022
हाल सम्म उनले चेल्सीमा २०७ खेल खेलेका छन् र सो क्रममा उनले २८ गोल र २२ असिस्ट गरेका छन् भने उनले चेल्सी सँग लिग, च्याम्पियन्स लिग र युरोपा लिग उपाधि जितेका छन्।