युभेन्टसले लियोनका स्टार मिडफिल्डर साइन गर्न प्रयास गर्न सक्ने खबर रहेको छ। लियोनका हौसेम आउरमा युभेले चासो देखाएको छ र लियोन संग युभेले उक्त खेलाडीबारे औपचारिक सम्पर्क सुरु गरेको खबर छ।
Juventus have now made a formal approach to sign Arsenal target Houssem Aouar from Lyon, according to RMC 👀 pic.twitter.com/XVUKZ4gV5T
— Goal (@goal) September 29, 2020
यो विन्डोमा हौसेम आउर प्रिमियर लिग क्लब आर्सनलको मुख्य लक्ष्य रहेको छ तर अब उनलाई साइन गर्न युभेन्टसले पनि प्रतिस्पर्धा गर्न सक्ने संकेत आएको छ।
मिडफिल्डमा उनको निकै राम्रो प्रदर्शन रहेको छ र उनि एक उत्कृष्ट मिडफिल्डरको रुपमा अघि आएका छन् युभेन्टस आफ्नो मिडफिल्ड सुधार गर्ने योजनामा छ र आउरमा युभेको लागि राम्रो विकल्प हुन सक्ने छ।
Juventus are interested in signing Lyon midfielder Houssem Aouar, according to RMC Sport.#Juventus #Juve #OL #Lyon #Aouar #AFC #Arsenal #Ligue1 #PremierLeague#SerieA pic.twitter.com/KV87QFCgO3
— Football Pundit (@FootballPundi18) September 30, 2020
तर हाल सम्म युभेले उनको लागि प्रस्ताव पठाएको छैन भने आर्सेनलले उनको लागि गरेको €३५ मिलियनको प्रस्ताव लियोनले अस्वीकार गरेको थियो र गनर्स् उनको लागि सुधार प्रस्ताव पठाउन तयार छन्।
२२का स्टारको लागि लियोनले €६० मिलियन सम्मको माग गर्दै गरेको छ भने €४५ मिलियन र थप बोनसको प्रस्ताव लियोनले स्वीकार गर्ने सम्भावना पनि रहेको खबर छ।