एट्लेटिको म्याड्रिडका स्टार मिडफिल्डर शाउल निगुएज साइन गर्न दुई प्रिमियर लिग क्लब बिच प्रतिस्पर्धा हुने खबर छ।
Saúl Ñíguez’s agent is on his way to England as Man United and Liverpool battle it out to sign the Atletico Madrid star. (Source: Mail) pic.twitter.com/j1QxsJxPXU
— Transfer News Live (@DeadlineDayLive) August 1, 2021
हाल खबर अनुसार लिभरपुल र म्यानचेस्टर युनाइटेडको नजर एट्लेटिको म्याड्रिडका स्टार मिडफिल्डर शाउल निगुएजमा रहेको छ र दुई बिच उनलाई साइन गर्न प्रतिस्पर्धा हुने छ।
यो ट्रान्सफर विन्डो युनाइटेडको लागि धेरै सफल रहेको छ। अहिले सम्म युनाइटेडले सान्चो र भरान जस्ता खेलाडीहरू साइन गरेको छ भने अब युनाइटेडको नजर एट्लेटिको म्याड्रिडका शाउल निगुएजमा रहेको जानकारी छ। पोग्बाले युनाइटेड छोड्ने चर्चा हुँदै गर्दा निगुएजलाई विकल्पको रुपमा साइन गर्ने युनाइटेडको योजना रहेको रिपोर्ट छ र निगुएज पनि क्लब छोड्न इच्छुक रहेको जानकारी छ।
United ‘eye £45m Saul Niguez deal’ if Pogba and Matic depart #mufc https://t.co/OCBQ0AeCG9 pic.twitter.com/fuMl8mOuE9
— Man United News (@ManUtdMEN) July 25, 2021
लिभरपुल पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ र उनलाई साइन गर्न रेड्सले म्यानचेस्टर युनाइटेड सँग प्रतिस्पर्धा गर्न सक्ने छ।
शाउल निगुएजको नाम ला लिगा क्लब बार्सिलोना सँग पनि जोडिएको थियो तर हाल सम्म उनको लागि बार्साले कुनै कदम नलिएको जानकारी छ भने लिभरपुल वा म्यानचेस्टर युनाइटेड उनको नयाँ गन्तव्य हुने धेरै सम्भावना रहेको छ चर्चा हुँदै गर्दा उनको एजेन्ट इंग्ल्याण्डमा देखा परेका छन्।