स्टार मिडफिल्डर साइन गर्न पिएसजीले सुरु गर्‍यो वार्ता

फ्रेन्च क्लब पिएसजी म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बालाई साइन गर्न धेरै इच्छुक रहेको खबर छ भने सो ’bout पिएसजी वार्तामा रहेको रिपोर्ट छ।

हाल फ्रेन्च क्लब पिएसजी यस ट्रान्सफर विन्डोमा निकै सक्रिय रहेको छ। हाल सम्म पिएसजीले अच्राफ हाकिमी, जर्जिनियो विज्नाल्डम, जियानलुजी डोनारुम्मा, सर्जियो रामोस जस्ता खेलाडीहरू साइन गरेको छ भने हाल खबर अनुसार पिएसजी म्यानचेस्टर युनाइटेडका पल पोग्बा साइन गर्ने ’bout गम्भीर रहेको छ।

हाल सम्म यो ट्रान्सफर विन्डो पिएसजीले ३ स्टार खेलाडीहरूलाई फ्री एजेन्टमा साइन गरेको छ भने हाल ठुलो रकममा पोग्बालाई किन्ने पिएसजीको योजना रहेको जानकारी छ।

पोग्बाको मूल्य €६० मिलियन सम्म हुन सक्ने जानकारी रहेको छ भने पिएसजीले उनको लागि ४६ मिलियनको प्रस्ताव गर्ने जानकारी छ। पिएसजीका कोच मौरिसियो पोचेटिनो पोब्गाको फ्यान हुन् र उनलाई फ्रेन्च क्लबमा भित्राउन पोचेटिनो धेरै इच्छुक छन्।

पोग्बा पनि आफ्नो देश फ्रान्समा खेल्न इच्छुक हुन सक्ने कुरा छ। हाल उनले युनाइटेड सँग सम्झौता विस्तार गरेका छैनन् भने उनको सम्झौता अन्त्य हुन नजिक हुँदै गर्दा युनाइटेड उनलाई बेच्ने दबाबमा पर्ने छ।