स्टार मिडफिल्डर साइन गर्न म्यान सिटी धेरै नजिक

म्यानचेस्टर सिटी एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलीशलाई साइन गर्न धेरै नजिक रहेको खबर छ। ग्रेलीश लामो समयदेखि पेप गार्डियोला द्वारा प्रशंसित छन् र सिटीका कोच २५ वर्षका स्टारलाई साइन गर्न चाहन्छन् भने हाल खबर अनुसार सिटी उनलाई साइन गर्न धेरै नजिक पुगेको छ।

हाल रिपोर्ट अनुसार सिटी ग्रेलीशलाई भित्राउन पूर्ण तयारीमा रहेको छ भने उनी सँग सिटीको व्यक्तिगत सम्झौतामा सहमति भएको जानकारी छ र सिटीले उनको रिलिज क्लज तिर्न खबर छ।

भिल्लाले गत सेप्टेम्बरमा ग्रेलीशलाई आकर्षक नयाँ करारका साथ उनी सँग सम्झौता विस्तार गरे र क्लबका कप्तानसँग अझै सम्झौतामा चार वर्ष बाँकी रहेको छ। प्रिमियर लिगमा ज्याक ग्रेलीशको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो र उनको मद्दतमा भिल्लाले २०२०/२१को सिजनमा ठुलो क्लबहरू विरुद्ध सकारात्मक परिणाम हासिल गर्न गरेको थियो।

एस्टन भिल्लाले आफ्नो कप्तान ज्याक ग्रेलीशलाई बेच्न ठुलो रकमको माग गर्ने जानकारी छ। खबर अनुसार उनको मूल्य £१०० मिलियन भन्दा बढी हुन सक्ने छ भने म्यानचेस्टर सिटी उनलाई साइन गर्न उनको रिलिज क्लज तिर्न तयार अवस्थामा रहेको जानकारी छ।