स्टार मिडफिल्डर साइन गर्न युभेन्टसको पहिलो प्रयास असफल

युभेन्टसको स्टार मिडफिल्डर पोग्बा साइन गर्न पहिलो प्रयास असफल भएको छ। खबर अनुसार युभे म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बा साइन गर्न इच्छुक छन् र युभेले आफ्नो मिडफिल्डर आरोन रामसे र डगलस कोस्टा संग पोग्बा साट्ने प्रस्ताव पठाएको कुरा खुलेको छ।

म्यान्चेस्टर युनाइटेडले पोग्बालाई पुर्व आर्सनल मिडफिल्डर रामसे र डगलस कोस्टासंग साट्ने प्रस्ताव अस्विकार गरेका छन् भने युभेन्टसले फेरी अर्को विकल्पको प्रयास गर्न सक्ने खबर छ।

युभेले पोगबाको बदलामा आरोन रामसे र डगलस कोस्टा प्रस्ताव गरेको खबर छ जुन युनाइटेडले अस्विकार गरेको छ।

केहि दिन पछि युभेले फेरी पनि नयाँ प्रस्ताव संग पोग्बा साइन गर्न प्रयास गर्ने खबर छ। पोग्बा युनाइटेड छोड्न तयार छन् भने युनाइटेडले पनि बेच्ने संकेत छ।