स्टार मिडफिल्डर साइन गर्न चेल्सी, आर्सनल र लिभरपुल बिच प्रतिस्पर्धा

ब्राइटनका स्टार मिडफिल्डर मोइसेस काइसेडोको प्रदर्शन यो सिजन निकै राम्रो रहेको छ जसको कारण उनलाई साइन गर्न प्रिमियर लिगका ३ क्लबहरू इच्छुक रहेको जानकारी छ। रिपोर्ट अनुसार २१ वर्षीय मिडफिल्डरलाई जनवरीको ट्रान्सफर विन्डोमा साइन गर्न चेल्सी, आर्सनल र लिभरपुल बिच प्रतिस्पर्धा हुँदै गरेको छ।

काइसेडोको यो सिजन ब्राइटनको लागि निकै महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका छन् र उनलाई बेच्न ब्राइटन अनिच्छुक रहेको कारण उनको मूल्य ब्राइटन ७५ मिलियन ब्रिटिस पाउन्ड भन्दा माथि सेट गरेको जानकारी छ।

चेल्सी, आर्सनल र लिभरपुल आफ्नो मिडफिल्ड बलियो बनाउने योजनामा रहेको बेला युवा स्टार काइसेडो निकै राम्रो विकल्पको रूपमा रहेका छन् तर उनलाई साइन गर्न ३ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ।

हाल सम्म उनको लागि चेल्सीले मात्र प्रस्ताव पठाएको छ भने उक्त प्रस्ताव ७५ मिलियन भन्दा कम रहेको कारण ब्राइटनले उक्त प्रस्ताव अस्वीकार गरेको थियो भने हाल आर्सनल र लिभरपुलको निगरानी उनी माथि रहेको छ।

मोइसेस काइसेडोको खेल ब्राइटनमा निकै राम्रो रहेको छ भने उनी टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित रहेका छन्। हाल सम्म उनले ब्राइटनका लागि ३१ खेल खेल्दै २ गोल र ३ असिस्ट गरेका छन्। उनलाई साइन गर्न आर्सनल, चेल्सी र लिभरपुल सहित न्यूकासल युनाइटेड पनि इच्छुक रहेको जानकारी छ।