स्टार मिडफिल्डर साइन गर्ने प्रयासबाट म्यानचेस्टर युनाइटेड पछि हट्यो

प्रिमियर लिग म्यानचेस्टर युनाइटेड, बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डे जोंगलाई साइन गर्ने योजनाबाट पछि हटेको जानकारी छ।

ट्रान्सफर विन्डोको सुरु देखि उनलाई भित्राउन म्यानचेस्टर युनाइटेड धेरै इच्छुक रहेको थियो भने उनलाई बेच्न बार्सिलोना तयार रहेको छ तर फ्रेन्की डे जोंग क्लब छोड्न अनिच्छुक रहेका छन् भने उनलाई भित्राउन युनाइटेडले धेरै प्रयास गरे पछि हाल सो योजनाबाट युनाइटेड पछि हट्ने रिपोर्ट छ।

फ्रेन्की डे जोंगको लागि म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिच €६५ मिलियनको र €२० मिलियनको बोनसको ट्रान्सफर शुल्कमा सहमति पनि भएको थियो तर डे जोंग र युनाइटेड बिच कुनै वार्ता हुन सकेको थिएन भने बार्सा नछोड्ने अडानमा डे जोंग रहेका थिए।

डे जोंग क्लब छोड्न अनिच्छुक छन् र उनको प्राथमिकताको बार्साको लागि खेल्ने रहेको छ र आफ्नो लागि च्याम्पियन्स लिग धेरै महत्त्वपूर्ण रहेको उनले स्पष्ट गरेका छन्।

हाल सम्म उक्त डे जोंगलाई साइन गर्ने प्रयासमा कुनै प्रगति नभए पछि फ्रेन्की डे जोंगलाई साइन गर्ने योजनाबाट म्यानचेस्टर युनाइटेड पछि हटेको जानकारी छ।

हाल फ्रेन्की डे जोंगको विकल्पको रुपमा युभेन्टसका मिडफिल्डर एड्रियन राबियोट साइन गर्ने प्रयासमा युनाइटेड रहेको छ।

गत सिजन फ्रेन्की डे जोङ्गले बार्सामा ४२ खेल खेलेका छन् भने सो क्रममा उनले ४ गोल ५ असिस्ट गरेका छन्

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ