स्टार मिडफिल्डर साइन गर्ने बारे वार्ता गर्दै जिदान

रियलले लियोनका स्टार मिडफिल्डर साइन गर्न प्रयास गर्न सक्ने खबर रहेको छ। लियोनका हौसेम आउरमा रियलले चासो देखाएको छ र जिदानले उनो बारे वार्ता गरेको खबर छ।

यो विन्डोमा हौसेम आउरलाई साइन गर्न पिएसजी, युभेन्टस र आर्सनलले चासो देखाएको छ तर कुनै पनि क्लब उनको लागि लियोनले माग गरेको मूल्य तिर्न सफल हुन सकेको छैन र हाल उनलाई साइन गर्न रियल पनि प्रतिस्पर्धा गर्न सक्ने संकेत जिदानले दिएका छन्। खबर अनुसार जिदानले २२ वर्षका स्टार संग वार्ता गरेका छन्।

मिडफिल्डमा उनको निकै राम्रो प्रदर्शन रहेको छ र गत सिजन च्याम्पियन्स लिगमा लियोनको लागि उनले निकै राम्रो खेलेका थिए जसको कारण देह्रै क्लब उनि माथि आकर्षित भएका छन्।

हौसेम आउर जिदानको फ्यान हुन् र रियलमा उनको लागि खेल्ने आउरको सपना रहेको कुरा छ। रियलले उनलाई लोनमा साइन गर्न इच्छा देखाएको कुरा छ।

तर हाल आर्सेनलले मात्र उनको लागि प्रस्ताव गरेको छ र आर्सेनलले गरेको €३५ मिलियनको लियोनले अस्वीकार गरेको थियो र गनर्स् उनको लागि सुधार प्रस्ताव पठाउन तयार छन्।

२२ वर्षका स्टारको लागि लियोनले €६० मिलियन सम्मको माग गर्दै गरेको छ भने €४५ मिलियन र थप बोनसको प्रस्ताव लियोनले स्वीकार गर्ने सम्भावना पनि रहेको खबर छ।