म्यानचेस्टर युनाइटेडका मिडफील्डर जुआन माटाले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा क्लब छोड्न सक्ने खबर रहेको छ र युभेन्टस, इन्टर र रोमाले उनी माथि चासो देखाएका छन्।
Juventus, Inter and Roma ‘chasing’ Juan Mata contract agreement #mufc https://t.co/0gMUKZ1Us0 pic.twitter.com/h7udG7SXlO
— Man United News (@ManUtdMEN) February 24, 2021
युनाइटेड सँग उनको सम्झौता अन्त्य हुने धेरै नजिक रहेको छ र खबर अनुसार माटाले युनाइटेड सँग आफ्नो सम्झौता विस्तार गर्न इच्छुक छैनन्।
उनको नयाँ गन्तव्य इटालियन लिग हुन सक्ने खबर हुँदा युभेन्टसले उनको अवस्थाको अनुगमन गर्दै गरेको कुरा छ।
Juan Mata is being eyes up by Italian giants Juventus, Roma and Inter Milan, with his #MUFC contract due to expire this summer pic.twitter.com/OwfcPTyf2l
— The Sun Football ⚽ (@TheSunFootball) February 24, 2021
२०१४मा उनी चेल्सीबाट युनाइटेड गएका थिए र हाल उनको युनाइटेड सँगको सम्झौता अन्त्य हुने क्रममा छ। ३२ वर्षका मिडफिल्डरमा युभे र इन्टरको नजर रहेको खबर छ तर उनी फ्री ट्रान्सफरमा उपलब्ध भए मात्र युभेन्टसले उनलाई साइन गर्न प्रयास गर्ने कुरा रहेको छ।