स्टार ब्राजिलियन विंगर साइन गर्ने प्रयासमा म्यान्चेस्टर युनाइटेड

Manchester United's Bruno Fernandes, (18), celebrates with teammates after scoring his sides 2nd goal of the game from the penalty spot during the English Premier League soccer match between Manchester United and Aston Villa at Old Trafford in Manchester, England, on Friday, January 1, 2021. Photo: Carl Recine/ Pool via AP

म्यानचेस्टर युनाइटेड लिड्स युनाइटेडका स्टार ब्राजिलियन विंगर रफिन्हा साइन गर्न इच्छुक रहेका छन् र खबर अनुसार म्यानचेस्टर युनाइटेडले लिड्सका प्रतिनिधिहरू सँग वार्ता सुरु गरेका छन्।

खबर अनुसार युनाइटेडले स्टार विंगर सँग सम्भावित सम्झौताको बारेमा जाँचबुझ गरेका छन्। हाल रफिन्हाको खेल प्रिमियर लिगमा निकै राम्रो रहेको छ भने उनी माथि लिभरपूलको पनि नजर रहेको कुरा थियो।

खबर अनुसार रफिन्हाका एजेन्ट डेको, जो बार्सिलोना र चेल्सी मिडफिल्डर हुन्, आफ्नो खेलाडीको भविष्यका बारे लिड्सका फुटबल निर्देशक भिक्टर ओर्टासँग वार्ता गर्दै छन्।

 

२४ वर्षका विंगरलाई लिड्सले रेनेसबाट १७ मिलियनमा साइन गरेको थियो। प्रिमियर लिगमा उनको हाल निकै राम्रो प्रदर्शन रहेको छ। उनले लिगमा ५ गोल र असिस्ट गरेका छन्।