स्टार ब्राजिलियन विंगर साइन गर्न प्रयास गर्दै लिभरपुल

लिभरपुल लीड्स युनाइटेडका ब्राजिलियन विंगर रफिन्हा साइन गर्न इच्छुक रहेको खबर छ। हालै सकिएको प्रिमियर लिगमा ब्राजिलियान विंगरको प्रदर्शन निकै राम्रो रहेको छ र लिभरपुलको नजर उनी माथि रहेको खबर छ।

राफिन्हाले आफूलाई मार्सेलो बिएल्साको नेतृत्वमा नियमित स्टार्टरको रूपमा स्थापित गरेका थिए र यस सिजन उनले क्लबमा ७ गोल र ११ असिस्ट गरेका छन्। लीड्स युनाइटेडले उनलाई £१७ मिलियनमा साइन गरेको थियो र उनी क्लबको निकै महत्त्वपूर्ण खेलाडी बन्दै गएका छन्।

हाल उनको प्रदर्शनको कारण लिभरपुलका कोच क्लोप उनीबाट निकै प्रभावित भएका छन् र आउँदो गर्मीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्ने सक्ने खबर छ। उनि म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको नजरमा पनि रहेको धेरै चर्चा छ भने लिभरपुल उनलाई साइन गर्न अरू भन्दा धेरै नजिक रहेको खबर छ ।

उनको लागि लीड्स युनाइटेडले £३० देखि £४० मिलियन सम्मको माग गर्न सक्ने खबर छ । लिभरपुलले हाल उनको लागि £३२ मिलियनको प्रस्ताव पठाउने जानकारी छ।