स्टार फोवार्ड साइन गर्नेमा बार्सिलोना विश्वस्त

बार्सिलोना लियोनका स्टार फोवार्ड मेम्फिस डिपे साइन गर्न नजिक पुगेको खबर छ। गत गर्मीको ट्रान्सफर विन्डोमा डिपे रोनाल्ड कोम्यानको मुख्य प्राथमिकता रहेको चर्चा थियो भने खेलाडी आफैँ पनि बार्सा आउन इच्छुक थिए हाल उनी फ्री एजेन्ट बनेका छन् र बार्साले उनलाई नि: शुल्क साइन गर्न सक्ने छ।

हाल खबर अनुसार बार्सिलोना उक्त स्टार फोवार्ड साइन गर्ने बारे विश्वस्त रहेको छ। बार्सा र उनका एजेन्टहरू बिचको वार्ता हालको हप्ताहरूमा तीव्र भएको जानकारी छ र दुई बिच सम्झौता हुन नजिक रहेको पनि खबर छ।

हाल सम्म बार्साले फ्री एजेन्ट बनेका म्यान सिटीका एरिक गार्सिया र सर्जियो अग्वेरो सँग सम्झौता गरेको छ भने लिभरपुलबाट फ्री एजेन्ट बनेका डच मिडफिल्डर जर्जिनियो विज्नाल्डम गर्न बार्सा असफल रह्यो हाल खबर अनुसार बार्साको प्राथमिकता मेम्फिस डिपे रहेका छन्।

क्लबका कोच रोनाल्ड कोम्यान मेम्फिस डिपे साइन गर्न धेरै इच्छुक छन् भने डिपे पनि बार्साबाट खेल्न इच्छुक छन्। हालै अन्त्य भएको सिजन उनको लियोन सँग राम्रो रहेको छ। ४० खेलमा उनको २२ गोल र १२ असिस्ट रहेको छ।