स्टार फुल ब्याक साइन गर्ने तयारीमा पिएसजी

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेनले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा इन्टर मिलानका स्टार राइट ब्याक साइन गर्न सक्ने खबर छ। पिएसजी इन्टरका स्टार राइट ब्याक अच्राफ हाकिमी साइन गर्न इच्छुक रहेको खबर छ आउँदो ट्रान्सफर विन्डोमा पिएसजीले उनको लागि प्रस्ताव पठाउन सक्ने जानकारी छ।

भर्खरै सिरी ए जितेको इन्टर मिलान पनि उनको बिक्रीको लागि खुला हुने खबर छ हाल इन्टर आर्थिक समस्यामा रहेको र हाकिमीलाई बेच्न इन्टर इच्छुक रहेको खबर छ।

हाकिमी रियाल म्याड्रिडका युवा एकेडेमी आएका थिए र २०१७मा उनी रियलको पहिलो टिम सेटअपमा प्रवेश गरे। यद्यपि, रियलमा डेनि कारभाहाल पहिलो रोजाई रहेको कारण उनी २ वर्षको लागि डार्टमन्डमा लोनमा गए। जर्मनीमा उनको खेल निकै राम्रो रहेको थियो भने २०२०मा २२ वर्षका फुल ब्याक इन्टरमा गए।

इन्टरमा पनि उनको निकै राम्रो खेल रह्यो भने इन्टर सँग उनले हाल लिग जितेका छन्। ४४ खेलमा उनले ७ गोल र १० असिस्ट गरेका छन्।

हाल खबर अनुसार साइन गर्न पिएसजी इच्छुक छ र उनको हाल मूल्य €६० मिलियन भन्दा माथि हुने खबर छ। अन्य धेरै क्लबहरूको नजर पनि उनी माथि रहेको खबर छ भने हालको आर्थिक समस्याको कारण इन्टरले उनलाई बेच्ने पनि कुरा छ।