‘स्टार फुटबल खेलाडीहरू कपाल बिना’

हाल स्टार फुटबलरहरूको एक थ्रेड भाइरल हुदै गएको छ जसमा स्टार खेलाडीहरु कपाल बिना कस्तो देखिने भनेर कल्पना गरिएको छ।

कपाल बिनाको स्टार खेलाडी र कोचमा जिदान र पेप गार्डियोला जस्तो नाम प्रसिद्ध छन् तर बेलायती स्पोर्ट्स वेबसाइट सपोर्टबाइबलले अन्य खेलाडीहरु बिना कपाल कस्तो देखिने भनेर फोटोहरु बनाएको छ।

सो फोटोहरु हाल भाइरल हुदै छ भने फोटोमा चित्रित खेलाडीहरुले पनि आफ्नो नयाँ लुक बारे सो पोस्टमा कमेन्ट गरेका छन्।

पुर्व खेलाडीहरुको पनि फोटो सो वेबसाइटले तयार गरेको थियो स्काई स्पोर्ट्सका ‘ग्यारी नेभिलेलाई र जेमी कारागरले पनि नयाँ लुक पाए।

प्रसिद्ध स्ट्राइकर डिएगो कोस्टाको पनि कपाल बिनाको फोटो भाइरल भएको थियो।

सपोर्टबाइबलले रोनाल्डो, मेस्सी, सन जस्ता स्टार खेलाडीहरु कपाल बिना कस्तो देखिने भनेर पोस्ट गरेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ