लिभरपुल स्पोर्टिङ सिपिका पोर्तुगिज मिडफिल्डर पेड्रो ‘पोटे’ गोनसाल्भेस साइन गर्न इच्छुक रहेको खबर छ।
Liverpool ‘made initial contact over Sporting Lisbon’s £53m star Pedro Goncalves in January’ https://t.co/rAAkSY3ADe
— MailOnline Sport (@MailSport) February 9, 2021
खबर अनुसार पेड्रो गोनसाल्भेस साइन गर्न लिभरपूलले स्पोर्टिङ संग सम्पर्क गरेको छ। लिभरपूलले उनलाई गत ट्रान्सफर विन्डोमा पनि साइन गर्न इच्छुक रहे पनि वार्ता सफल नरहे पछि अब आउँदो गर्मीको विन्डोमा लिभरपूलले प्रयास गर्ने खबर छ।
२२ वर्षका मिडफिल्डर स्पोर्टिङ सिपिमा ब्रूनो फर्नांडिस प्रत्यक्ष प्रतिस्थापन थिए र उनको खेल निकै राम्रो रहेको छ। पोर्तुगिज क्लबको लागि उनको १५ खेलमा १४ गोल र २ असिस्ट गरेका छन्।
Liverpool are considering a summer move for Sporting CP’s Pedro Goncalves after enquiring about the 22-year-old midfielder in January. (Record) pic.twitter.com/5r5iYTDtC1
— Transfer News Central (@TransferNewsCen) February 9, 2021
उनले पोर्चुगल राष्ट्रिय टोलीको लागि ५ पटक खेलेका छन् भने उनको भविष्य निकै राम्रो देखिन्छ। हाल खबर अनुसार पोर्तुगिज मिडफिल्डरमा लिभरपुलको नजर छ।
उनको मूल्य £५३ मिलियन हुने कुरा छ आउँदो गर्मीमा रेड्सले उनलाई साइन गर्न प्रयास गर्ने छन्।