स्टार डिफेन्डर साइन गर्न रियललाई कार्लो एन्सेलोटीको माग

ला लिगा क्लब रियल म्याड्रिडका नयाँ कोच कार्लो एन्सेलोटी सिरी एका स्टार डिफेन्डर कालिदौ कोलीबालीलाई साइन गर्न इच्छुक रहेको खबर छ र सो ट्रान्सफर पुरा गर्न उनले रियल म्याड्रिडका अध्यक्ष पेरेजलाई माग गरेका छन्।

रियलको नाम धेरै धेरै समय देखि उक्त स्टार डिफेन्डर सँग जोडिएको छ र आउँदो समय उनलाई साइन गर्न रियलले प्रयास गर्ने देखा परेको छ। रियलका स्टार डिफेन्डर भरान म्यानचेस्टर युनाइटेड जान धेरै नजिक छन् र उनको विकल्प साइन गर्ने रियल तयार रहने खबर छ।

उनको लागि नापोलीले €५० देखि €६० मिलियनको माग गर्ने खबर छ भने उक्त माग बाबजुद धेरै ठुलो क्लबहरू उनलाई साइन गर्न प्रतिस्पर्धा गर्न तयार रहेको खबर छ।

लिभरपुल, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी र बार्सा जस्तो क्लबको नाम उनी सँग जोडिएको छ ।

नापोलीको डिफेन्समा कोलीबालीको निकै राम्रो खेल रहेको छ भने उनी क्लबको एक महत्त्वपूर्ण खेलाडी बनेका छन्। उनको प्रदर्शनले धेरै क्लबहरूको ध्यान आकर्षित गरेको छ।

कार्लो एन्सेलोटीले कोलीबाली सँग नापोलीमा सँगै काम गरेका छन् र उनी उक्त स्टार डिफेन्डरको ठुलो फ्यान हुन र उनलाई रियलमा भित्राउन उनले पेरेज सँग पहल गर्ने जानकारी छ।